तारा सुतरियाले गरिन् नेपाली वास्तुकलाको प्रशंसा

  • केही दिनअघि काठमाडौंमा टीजीआईएफ फेसन शोको आयोजना गरियो । सेलिब्रेटी मोडलको बाक्लो सहभागिता रहेको यो फेसन रनवेमा नेपाली डिजाइनरको नयाँ कलेक्सन प्रस्तुत गरियो ।
  • राजेश हमाल, साम्राज्ञी शाह, अस्मी श्रेष्ठसहितका सेलिब्रेटीले शो-स्टपरको रुपमा आफूलाई रनवेमा प्रस्तुत गरे । यो फेसन शोको प्रमुख आकर्षणको रुपमा थिइन् बलिउड अभिनेत्री तारा सुतरिया ।
  • केही दिनदेखि काठमाडौंमा व्यस्त ‘स्टुडेन्ट अफ द इयर २’ अभिनेत्री आइतबार मात्र भारत फर्किएकी छन् । उनी बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा बसेकी थिइन् । भारत फर्कनुअघि उनले पशुपतिनाथ मन्दिरमा पूजाआजा समेत गरिन् ।
  • आफू काठमाडौंमा आएको जानकारी दिंदै सुतरियाले केही तस्वीर पोस्ट गरेकी छिन्, जसमा उनले नेपाली वास्तुकलाको प्रशंसा गरेकी छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com