सोनाक्षी सिन्हा अभिनेता जहिर इकबालसँग विवाह गर्दै

  •  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता जहीर इकबालसँग आगामी जुन २३ मा विवाह गर्ने भएकी छिन् । केही भारतीय संचारमाध्यमले मुम्बईमा विवाह हुन लागेको उल्लेख गरेका छन् ।
  • इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी हुनेछन् । यसबाहेक सोनाक्षीको हालै रिलिज भएको वेब सिरिज ‘हीरामाण्डी’ को स्टारकास्टलाई पनि यो विवाहमा निम्तो दिइनेछ ।
  • स्रोतको विश्वास गर्ने हो भने सोनाक्षीको विवाहको निमन्त्रणा पत्रलाई पत्रिकाको कभर जस्तै डिजाइन गरिने छ । यसमा लेखिनेछ- ‘हल्ला सत्य हो…’ विवाहमा सहभागी सबै पाहुनालाई औपचारिक रुपमा उपस्थित हुन अनुरोध गरिएको छ । यो उत्सव मुम्बईको प्रसिद्ध रेस्टुरेन्ट बास्टियनमा हुन सक्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com