- नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन भित्रिएको छ । कम्पनीले हालै ग्यालेक्सी एम३५ मोडेको फाइभजी स्मार्टफोन ल्याएको हो ।
- फोनमा ६००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसमा कम्पनीले २५ वाटको फास्ट चार्जर उपलब्ध गराउँछ । यो फोन एक्सिनस १३८० प्रोसेसरबाट सञ्चालित छ ।
- ग्राहकले ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन खरिद गर्न सक्छन् ।
- एन्ड्रोइड १४ मा आधारित वनयूआई ६.१ बाट चल्ने फोनमा कम्पनीले चार वर्षको ओएस अपडेट तथा पाँच वर्षको सेक्युरिटी प्याच दिने वाचा गरेको छ ।
- भिडिओ खिच्न रूचाउनेहरूले ३० एफपीएसमा फोरके रेकर्डिङ र ७२०पी मा २४० एमपीएसमा स्लो मोसन क्षमताहरूको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यसमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
नेपाली बजारमा सामसङ ग्यालेक्सी एम३५ फाइभजी स्मार्टफोन सार्वजनिक