सामाजिक सञ्जाल फेसबुक दुनिया भर करडौं मानिसहरुले प्रयोग गर्दछन्। यसलाइ चलाउन अनि बुझ्न सजिलो पनि छ, तर यसका कही यस्ता सुविधाहरु छन् जुन कमै मानिसलाइ थाह छ। के के हुन
फेसबुकबाट इमेल
जरुरी म्यासेज पढ्न नछुटोस भन्नको लागि फेसबुकमा यी म्यासेजहरु जीमेल एकाउन्टमै आउने बनाउन पनि सकिन्छ। यसो गर्नाले जरुरी फेसबुकका म्यासेजहरु जीमेलमा पनि आउछन्।
मनपरेको पोस्ट सेभ गर्न सकिन्छ
फेसबुकमा सेयर गरिएका पोस्टहरुलाइ सेभ गरेर पछि पढ्न पनि मिल्ने सुविधा छ फेसबुकमा।
फेसबुकका गतिविधिहरु डाउनलोड गरेर राख्न सकिन्छ
फेसबुकको सेटिङ भित्र ‘Download a copy of your Facebook Data’ मा क्लिक गरेर तपाइको फेसबुकका साम्रागीहरु डाउनलोड गरि राख्न सकिन्छ।
फेसबुक च्याटमा फाइल सेयर
च्याट गर्दा गर्दै ‘Add Files’मा क्लिक गरि फाइलहरु पनि सेन्ड गर्न मिल्छ।
फ्रेण्ड रिक्वेस्ट हैन फलो गर्ने
कसैको फेसबुक गतिविधिहरुको बारेमा जानिराख्न चाहनुहुन्छ भने बिना फ्रेण्ड रिक्वेस्ट कसैलाइ ‘फलो’ गर्न सकिन्छ।