हृदयघातको जोखिम पहिचान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न सकिने वैज्ञानिकहरूले जनाएका छन् । बेलायतस्थित युनिभर्सिटी अफ लीड्सका अनुसन्धानकर्ताले हृदयघातको जोखिममा रहेका बिरामीहरू पहिचान गर्न एआई प्रयोग गर्न सकिने सुझाएका हुन् ।
उनीहरूले दुर्घटनाअघि नै मुटसम्बन्धी रोग पहिचान गर्न ‘फाइन्ड एचएफ’ नामक एल्गोरिदम समेत तयार पारेका छन् ।
वैज्ञानिकहरूले सो एआई एल्गोरिदमलाई तालिम दिन पाँच लाख ६५ हजार बढी बेलायती वयस्क र ताइवान नेसनल युनिभर्सिटी अस्पतालका एक लाख छ हजार बिरामीको डेटाबेस प्रयोग गरेका थिए । सो एल्गोरिदमले हृयदघातका कारण पाँच वर्ष पछाडि अस्पताल भर्ना हुने बिरामीमा लक्षणहरू पहिल्यै थाहा पाउन सफल भएको थियो ।
दयघातका लाखौं बिरामीहरूको स्वास्थ्य रेकर्डको सहायताबाट वैज्ञानिकहरूले सो एल्गोरिदमको विकास गरेका हुन् ।
ब यस एल्गोरिदमलाई अझ परिष्कृत बनाएर पूर्वसूचना दिन सक्ने बनाउने वैज्ञानिकहरूले बताएका छन् ।