प्राइम भिडियोको चर्चित सिरिज ‘मिर्जापुर ३’ को रिलिज मितिको प्रतीक्षा सकिएको छ । यो श्रृंखला २१ असार (जुलाई ५) मा दर्शकमाझ आउनेछ । रिलिज मितिसँगै निर्माताले टिजर पनि सार्वजनिक गरेका छन् ।
यसपटकको कथा थप डरलाग्दो तर दमदार हुने जनाइएको छ ।
मिर्जापुर सिरिजमा पनि नियम उस्तै छन् । यसपटक मिर्जापुरको राजगद्दी कसले लिन्छ भन्ने प्रश्न थप रोचक बनेको छ ।
सिजन २ मा गुड्डु पण्डितले कालिन भैया र मुन्ना भैयालाई गोली हानेको देखाइएको थियो । गोली लागेर घाइते भएका कालिन भैयाको के हुन्छ भनेर दर्शकले चासो दिएका छन् ।
टिजर हेरेपछि प्रश्न उठ्छ– के यस पटक महिलाले कमान्ड सम्हाल्नेछिन् ? मिर्जापुर सिरिज एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो । यो क्राइम थ्रिलर सिरिजलाई गुरमीत सिंह र आनन्द अय्यरले निर्देशन गरेका हुन् ।