आईफोनमा अब निःशुल्क कल रेकर्डिङ सुविधा

  • न्ड्रोइडमा मात्र उपलब्ध कल रेकर्डिङ फिचर अब आईफोनमा पनि आउने भएको छ । अमेरिकामा जारी वर्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ मा एप्पलले आईफोनमा कल रेकर्डिङको फिचर उपलब्ध हुने बताएको हो ।
  • यो फिचर आईओएस १८ अपडेटसँगै आईफोनमा उपलब्ध हुनेछ । एप्पलका अनुसार कलमा कुराकानी गरिरहेका दुवै व्यक्तिलाई स्वतः रेकर्डिङ भइरहेको जानकारी प्राप्त हुनेछ । 
  • एप्पलले सार्वजनिक गरेको तस्वीरमा रेकर्डिङका लागि फोन एपमा नयाँ बटन देख्न सकिन्छ । यसका साथै लामो साउन्ड वेभ पनि देख्न सकिन्छ । जहाँबाट रेकर्डिङ भएको समय हेर्न सकिन्छ ।
  • यसका साथै सो कुराकानीलाई कम्पनीको नयाँ एआई फिचरको सहायताबाट सारांश गर्न सकिने एप्पलले उल्लेख गरेकाे छ । यसका साथै नोट्स एपमार्फत तपाईंले अन्य सामान्य अडियोको ट्रान्सक्राइब पनि गर्न सक्नुहुन्छ ।
  • हाललाई आईओएस १८ बेटा भर्सनमा याे फिचर उपलब्ध भइसकेकाे छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com