- कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ । दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत रहेका लामाको निधनको खबरलगत्तै सामाजिक सञ्जालमा फ्यानले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
- मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गरेको अचानक बेहोस भएर ३९ वर्षीय लामाको निधन भएको उनका भिनाजु नाता पर्ने रास्वपा सांसद तथा फिल्म निर्देशक असिम शाहले जानकारी दिए ।
- लामो समयदेखि लामा हेपाटाइटिस बी रोगबाट पीडित थिए । तर आफूहरुले भने हृदयघातको आशंका गरेको शाहले बताए । लामाको पार्थिव शरिरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।