विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ

  • अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ ।
  • अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना (१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । 
  • यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।
  • खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको मन्त्री ओनिलले स्पष्ट पारेकी छन्  ।
  • त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुनः विद्यार्थी भिसामा नै अष्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । 
  • कोभिड महामारीपछि विदेशी विद्यार्थी ह्वात्तै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अष्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो । 
  • अष्ट्रेलिया सरकारको नयाँ नियमहरूले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत शर्मा बताउँछन् ।
  • हाल अष्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । 

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com