क्सएजको नयाँ इयरबड नेपाली बजारमा

  •  नेपाली बजारमा एक्सएजले नयाँ इयरबड ल्याएको छ । कम्पनीले बुधबार ‘सेरेन एक्सओज वन’ (ConvE Serene xows1) मोडेलको इयरबड सार्वजनिक गरेको हो ।
  • ओपन इयर डिजाइनमा तयार भएको यो इयरबडमा ७० एमएएचको ब्याट्री दिइएको छ, जसबाट २८ घण्टासम्म इयरबड चल्ने कम्पनीको भनाइ छ । ​इयरबडको चार्जिङ केसमा ४५० एमएएचको ब्याट्री दिइएको छ ।
  • इयरबडलाई टाइप-सी चार्जरमार्फत डेढ घण्टामा नै फुल चार्ज गर्न सकिने छ । ब्लुटुथ भर्सन ५.३ मा आधारित इयरबडले १० मिटरसम्मको रेन्ज दिने कम्पनीले उल्लेख गरेकाे छ । 
  • अधिकतम भोल्युममा राखेर लगातार गीत सुन्दा ६ घण्टा र अधिकतम भोल्युममा कल गर्दा ५ घण्टासम्म लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ । 
  • यसका साथै एन्ड्रोइड र आईफोन दुवैको भ्वाइस एसिस्टेन्ट पनि प्रयोग गर्न सकिने छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com