सामसङले बनायो फोनलाई कन्ट्रोल गर्ने जुत्ता

  • चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फोनलाई नियन्त्रण गर्ने जुत्ता (स्निकर) बनाएको छ । खुट्टाको चालको भरमा फोन चलाउन सकिनेगरी कम्पनीले यस्ताे जुत्ता उत्पादन गरेकाे हाे । 
  • यसका लागि सामसङले विश्व प्रसिद्ध स्निकर डिजाइनर रोयल भ्यान होफ सहित अन्य धेरैसँग सहकार्य गरेको छ । यस उत्पादनलाई सामसङले ‘भविष्यको स्निकर’ उपमा दिएको छ । 
  • यसका लागि जुत्ताको सोलमा सेन्सरहरू राखिएकाे छ । जसले पाँच फरक चाल पहिचान गर्ने र त्यसका आधारमा फोन चलाउन सक्छ । जसमा निश्चित नम्बरमा कल गर्नेदेखि गीत बजाउन सकिने कम्पनीकाे भनाइ छ । 
  • यसमा प्रयोगकर्ताले सामसङ मेम्बरको मोबाइल एपमार्फत ९ जुलाईसम्म सहभागी हुन सक्नेछन् । जुलाईको दोस्रो हप्तामा विजेता चयन गर्ने कम्पनीले जनाएकाे छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com