युरो २०२४ आज देखि सुरु

  • मिनी विश्वकप भनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्दैछ ।
  • खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित एलिएन्ज एरेनामा सुरु हुनेछ । तीन पटकको विजेता जर्मनी घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । त्यसैले जर्मनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
  • जर्मनी र स्कटल्याण्ड मुख्य प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन् १९८६ को फिफा विश्वकप र १९९२ को युरोमा जर्मनीले स्कटल्याण्डलाई पराजित गरेको थियो ।
  • पछिल्लो १३ खेलमा स्कटल्याण्डले एक पटक मात्र जर्मनीलाई हराएको छ । सन् १९९९ मा स्कटल्याण्डले जर्मनीलाई १-० ले पराजित गरेको थियो ।
  • जर्मनी आफ्नो इतिहासमा १४औं पटक युरो खेल्दैछ, जुन कीर्तिमान हो । यस्तै जर्मनीले स्पेनसँगै सर्वाधिक ३ पटक युरोकप जितेको छ । यस पटक घरेलु मैदानमा उपाधि जित्दै युरोमा सफल टोली बन्ने योजनामा छ ।
  • जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न १० शहरको १० स्टेडियममा हुने प्रतिस्पर्धामा युरोपका २४ उत्कृष्ट राष्ट्रको सहभागिता छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com