बाढीले ताप्लेजुङमा काठेपुल बगायो

  • गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् ।
  • ‘मानवीय क्षति अहिलेसम्म भएको छैन ।
  • वडाध्यक्ष लिम्बुले सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको जानकारी दिए ।
  • वडाध्यक्ष लिम्बुले बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको बताए । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । ‘अर्को ठाउँबाट खोला तर्न आधाघन्टा माथि झोलुंगे पुलमा पुग्नुपर्छ,’ उनले भने ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com