इंग्ल्याण्डको विजयी सुरुवात

  • जुड बेलिङघमको एक मात्र गोल मदत्तमा इंग्ल्याण्ड सर्बियालाई १-० ले पराजित गर्दे युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।
  • समूह सी अन्तर्गत आइतबार राति गेलसेनकिरचेन स्टेडियममा भएको खेलमा बेलिङघमहले १३औ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २० वर्षीय बेलिङघमले साको प्रहार डिफ्लेक्ट हा त्यसमा हेड गोल गरेका थिए ।
  • कप्तान ह्यारी केन पनि गोल नजिक पुगेका थिए । तर, जारोड वावेनको क्रसमा केनको प्रहार सर्वियाका गोलकिपर रेड्राग राजकोभिकले बचाएका थिए ।
  • त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्याण्डले जित निकाल्दै सुरुवाती ३ अंक जोडेको छ ।
  • उपाधि दाबेदारमध्ये एक रहेको इंग्ल्याण्डले सोमबार डेनमार्कसँग खेल्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com