गर्मीको समय थियो । एउटा जंगलमा प्यासले हैरान भएको खरायो पानी खान भनी खोलामा मुख डुबाउनै लागेको के थियो जंगलको राजा सिंहको आक्रमणको संकेत बुझेर जोडले भाग्न थाल्यो । सिंहले धेरै प्रयास गर्दा पनि भेट्टाउन सकेन । जब खरायो एउटा पहाडको टुप्पोमा पुगेर तलतिर हेर्यो तर सिंह भने थाकेर लखतरान भएको उसले देख्यो । सिंहले हार मानेर खरायोलाई भन्यो, खरायो भाई हुन त म तिमिभन्दा धेरै गुणा ठुलो र बलियो पनि छु तर मैले तिमिलाई दौडमा जितेर पकड्न सकिन यसको रहस्य के हो ??? मलाई नढाँटेर भन त्यसपछि म तिमिलाई कहिल्यै दु:ख दिने छैन । खरायोले जबाफ दियो; सिंह महाराज तपाई एक छाक खानलाई दौड्नु भयो म एउटा जिन्दगी बचाउनलाई दौडिरहेको थिएँ । फरक यत्ती हो ।।।।।
सन्देश :- मान्छेको बर्तमान समयको रफ्तार उसको जीवनको अन्तिम लक्ष्यमा निर्भर रहन्छ । न कि अरु कुनै धन, सम्पत्ति, गाउँ, शहर, देश, समय, परिस्थिति सबै कुरा बहाना मात्रै हुन ।।।