क्रिसमसमा अक्षय कुमारको ‘वेलकम ३’ नआउने

  • भारतमा फिल्मको रिलिज मितिलाई लिएर विभिन्न हलचल मच्चिरहेका हुन्छन् । बलिउडदेखि साउथसम्मका धेरै फिल्मको रिलिज मिति घोषणा भइसकेको छ भने कतिपय स्थगित समेत भएका छन् ।
  • आगामी भारतीय स्वतन्त्रता दिवस र दिवाली (तिहार)मा रिलिज हुने फिल्मको लाइन लामो छ । त्यसपछि क्रिसमस पनि निर्माताको रोजाइमा पर्ने समय हो ।
  • क्रिसमसमा अक्षय कुमार र आमिर खान आमनेसामने हुने लगभग तय भएको थियो । तर अब उक्त मितिमा अक्षय कुमार स्टारर ‘वेल्कम ३’ नआउने भएको छ । काम पूरा नभइसकेकाले फिल्म रिलिजमा ढिलाइ हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
  • ‘वेलकम ३’ नआएमा क्रिसमसमा आमिर खानको ‘सितारे जमीन पर’ सोलो रिलिज हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com