यी कुरा, जुन किराना पसल वा मार्टले खानेकुरा बेच्दा ध्यान दिनैपर्छ

हामीले खरिद गर्ने दैनिक उपभोग्य खानेकुराले कतै हाम्रो स्वस्थ्यलाई सोझै खराब पो बनाइरहेको छ कि रु यसमा संशय मात्र होइन चनाखो पनि हुनुपर्छ । स्वस्थ्यवर्द्धक, स्वच्छ, ताजा खानेकुरा खानु पाउने हाम्रो अधिकार हो ।
खाद्य किराना पसल, मार्ट र डिपार्टमेन्ट स्टोरले मुख्यगरी निम्न कुरामा ध्यान पुर्‍याउन आवश्यक छ ।
– पसलको समस्त सरसफाइमा ध्यान दिने, खाद्य सामग्री राख्ने र्‍याक तथा सम्पूर्ण पसलको नियमित सरसफाइ गर्ने । पसल वरपरको वातावरण सफा र दुर्गन्ध रहित बनाउने ।
– प्रमाणित र लेबल विवरण पूर्ण भएको खाद्यवस्तुको मात्र बिक्री वितरण गर्ने । लेबलमा खाद्यवस्तुको नाम, समिश्रण, तौल, उत्पादन, प्याकिङ मिति, उपभोग्य मिति, उत्पादकको नाम र ठेगाना, खाद्य अनुज्ञापत्र नम्बर, मूल्य आदिको जानकारी हुनुपर्छ ।
– खाद्यवस्तुको प्रकार अनुसार उचित तापक्रम र वातावरणमा भण्डारण गर्ने ।
– घामबाट जोगाउने ।
– सबै खाद्यवस्तु विशेषगरी खाद्यान्न जस्तै चामल, मैदा, दाल आदिलाई राख्दा प्रत्यक्ष भुईं तथा भित्तासँग सम्पर्कमा आउने गरी नराख्ने ।
– सडेगलेका, कीरा, ढुसी परेको खाद्यान्न, दलहन आदिको बिक्री वितरण नगर्ने ।
– कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
– क्यानमा प्याक गरिएका खाद्यवस्तु बिक्री वितरण गर्दा ध्यान पुर्‍याउनुपर्छ ।
– प्रतिबन्धित खेसरीको बिक्री वितरण गर्नु हुँदैन । नेपाल सरकारद्वारा प्रतिबन्धित खेसरीको दालको बिक्री वितरण तथा सेवन नगर्ने, यसको नियमित सेवनले प्राणघातक रोग लाग्न सक्छ ।
– खाद्यवस्तुलाई गोदाममा सड्न र बिग्रिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ ।
– ओसिलो ठाउँमा खाद्यवस्तु भण्डारण गर्नुहुँदैन । ओसिलो ठाउँमा ढुसी आउने, पीठो भए डल्लो पर्ने हुन्छ ।
– शाकाहारी र मांसाहारी खाद्यवस्तुलाई एकै ठाउँमा राख्नु हुँदैन ।
– खाद्य र अखाद्य वस्तु सँगै राख्नुहुँदैन ।
– म्याद सकिएका खाद्यवस्तु राख्न छुट्टै एक्सपाइरी जोन बनाउनुपर्छ । दैनिक रुपमा खाद्यवस्तुको उपभोग्य मिति चेकजाँच गर्ने र मिति समाप्त भएका खाद्यवस्तु छुट्याउने गर्नुपर्छ ।
– खाने कुरा तयार गर्ने प्रयोजनको लागि अखाद्य रंग जस्तै जादु रंग, पत्ती रंग, चम्पाई रंगको बिक्री वितरण गर्नु हुँदैन । प्रमाणित उद्योगबाट उत्पादित खाद्य रंगको मात्र बिक्री र प्रयोग गर्नुपर्छ ।
– अण्डा बिक्री गर्ने पसलले अण्डाको खोलको बाहिरी सतहमा कुखुराको सुली नलागेको सफा अण्डा बिक्री गर्नुपर्छ ।
– क्षणिक लाभको लागि खाद्यवस्तुमा मिसावट गर्ने कार्य तत्काल बन्द गर्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com