इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

  • इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ ।
  • सोमबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
  • उनीहरू आज दिउँसो सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए । सफा गर्दा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता विश्वकर्माले बताए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com