यही साता सार्वजनिक हुँदै एसईईको नतिजा, केके छन् थाहा पाउने तरिका ?

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गर्ने तयारीमा छ ।
  • यसै हप्ता सार्वजनिक गर्ने तयारी भइरहेको नतिजा हेर्नका लागि कार्यालयले विभिन्न विकल्पहरू सार्वजनिक गरेको छ ।
  • एक सूचना प्रकाशित गर्दै बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको हो । कार्यालयका एक अधिकारीले तीन चार दिनमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बताए ।
  • कार्यालयका अनुसार छुट्टाछुट्टै वेबसाइट, एसएमएस र आईभीआरबाट २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षको नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डले एसईईको नतिजा प्रकाशनका लागि निम्न प्रकारका शर्टकोड, वेबसाइट र आईभीआरको व्यवस्था गरेको छ । 

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com