डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु
औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।
बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु
पुलिश 🙁 डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
नक्कलको आरोप लाग्ने भयो
बिक्रम: आजको परिक्षा कस्तो भयो ।
राम: एकदम नराम्रो मैले त सबै कपि खालिनै बुझाएँ ।
बिक्रम: मैलेपनि यस्तै गरेँ ।
राम: हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो ।