मुडमा सुधार ल्याउने ६ उपाय

गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ।

बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा जीवनभरसम्म स्मरण हुने सातामा एक पटक गरिने यात्राले भौतिक सुःखका लागि सामग्री किनमेल गर्दा हुने खुसीलाई बिर्साइदिने सान फ्रान्सिस्को स्टेट युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले देखाएका छन्।

भिटामिन डी: भिटामिन डीयुक्त खानेकुराको नियमित सेवनले तनाबबाट मुक्ती मिल्छ।

नियमित काम: २० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।

फेसबुकबाट मुक्त: फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ।

निरन्तर ध्यान: दैनिक १ घन्टासम्म नियमित ध्यान गर्ने मानिस चिन्ता र निराशाबाट मुक्त हुने जोन्स हप्किन्सको अनुसन्धानमा उल्लेख छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com