टक शो विवादमा साम्राज्ञी र स्वस्तिमाले माफी मागे

  • टेलिभिजन टक शोलाई लिएर भैरहेको विवादमा अभिनेत्रीद्धय साम्राज्ञी शाह र स्वस्तिमा खड्काले माफी मागेका छन् । सामाजिक संजालबाट चर्को विरोध भएपछि दुबैले इन्स्टाग्रामबाट माफी मागेका हुन् । स्वस्तिमाले जसिता गुरुङको पोस्टको कमेन्टमा माफी मागेकी हुन् भने साम्राज्ञीले स्टोरीबाट ।
  • माफी माग्दै स्वस्तिमा लेख्छिन्, ‘म तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र आवेगसहित कुराहरु बाहिर आयो । तपाईं मेरा लागि सँधै महान साथी हुनुहुन्थ्यो । फेरि पनि म माफी चाहन्छु ।’
  • साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा सोच्न नसक्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले लेखेकी छिन्, ‘हामीलाई प्रश्नको राउन्डमा एउटा स्थितिमा राखिएको थियो । हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ । कुनै पनि तरिकाले तिमीलाई धम्क्याउने कोसिस पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पु¥याएकोमा माफी माग्न चाहन्छु ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com