प्राथमिक उपचार
गाउँघरमा हिजोआज पनि सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्ने जस्ता घरेलु उपचार गर्ने गरिन्छ । जुन एकदमै गलत हो । यसले फाइदा भन्दा पनि हानि पुर्याउँछ ।
यसको प्राथमिक उपचारमा सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा ब्यान्डेज वा सफा कडाले बाँड्ने र त्यसपछि तुरुन्तै नजिकैको अस्पतालमा गएर उपचार गराइहाल्नुपर्छ ।
सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्याउने <
सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ ।
सर्पले टोकेको व्यक्तिलाई के खान दिने, के नदिने <
सर्पले टोकेको व्यक्तिले विष ननिकालेसम्म केही खान दिनु हुँदैन ।