लागुपदार्थ सेवन र तस्करीमा उछाल

 

  • संयुक्त राष्ट्रसंघले मादक पदार्थको अवैध तस्करी र सेवनमा उछाल आएको निष्कर्ष निकालेको छ ।
  • मादक पदार्थ र अपराधसम्बन्धी राष्ट्रसंघीय कार्यालयको वार्षिक रिपोर्टमा विश्वभर करिब ३० करोड व्यक्तिले मादक पदार्थ सेवन गरिरहेको उल्लेख छ ।
  • मादक पदार्थको दुरुपयोग र अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष २६ जुनमा मनाउने गरिन्छ । यसको उद्देश्य ड्रग्समुक्त विश्व बनाउनु हो ।
  • यस वर्ष पनि नशालु पदार्थ सेवनबाट हुने सामाजिक, आर्थिक र स्वास्थ्यको हानिबारे जानकारी गराउँदै यसको सेवन नगर्न जनचेतना जगाउने अभियान चलाइएको छ । तर नशालु पदार्थको सेवनमा कमी आएको छैन ।
  • रिपोर्टका अनुसार दक्षिण-पूर्वी एशियाली देशहरुको बाटो हुँदै विश्वभर लागुपदार्थको अवैध तस्करी र ओसारपसार हुने गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com