- छाला विशेषज्ञ अर्यालकाअनुसार आफ्नो छालामा सुहाउँदो, माइल फेसवासले बिहान र बेलुकी गरेर दिनमा दुई पटक अनुहार सफा गर्ने । अनुहार धरै मसाज नगर्ने । डाक्टरको सल्लाहअनुसार छालाको चिल्लोपना हटाउने मोस्टराइजर लगाउने ।
- घरबाहिर निस्किँदा वा काममा जाँदा सन ब्लकको प्रयोग गर्ने । यसले हाम्रो छालामा डाइरेक्ट घामको किरण आउनबाट बचाउँछ । सन ब्लक दिनमा दुईदेखि तीन घण्टाको फरकमा तीनपटकसम्म लगाउनु पर्ने विशेषज्ञ अर्याल सुझाव दिन्छिन् । अनुहारमा क्रिम बा लोसन लगाउँदा धेरै मसाज नगर्ने उनी सल्लाह दिन्छिन् ।
- अनुहारमा चिल्लोपना बढेपछि ब्याक्टेरिया आउने भएकाले १०, १५ दिनमा क्लिजिङ (स्क्रप) गर्ने । स्क्रप क्रिमले गरे पनि हुन्छ अथवा दहीले घरमै आफैँ गर्दा अझ राम्रो हुने अर्याल बताउँछिन् ।
- अर्यालकाअनुसार दिनमा ३ लिटर पनि अनिवार्य खानाले छाला फुस्रो हुनबाट बच्न सकिन्छ । आफ्नो क्षमताअनुसारको मौसमी फलफूल दैनिक खानाले छाला स्वस्थ र चम्किलो हुने अर्याल बताउँछिन् ।
- छाला स्वास्थ्य राख्न वयामको पनि आवश्यता पर्छ । बिहान–बेलुका शारीरिक ब्याम गर्नाले अनुहारमा आवश्यक रक्तसञ्चार हुने र अनुहार गोरो, चम्किलो देखिने गर्छ ।
- पसिनाका कारण शरीरमा बेक्टिरिया आउने भएकाले दिउँसो काममा जादाँ लागाएको लुगा सुत्ने समयमा नलगाउन पनि उनी सुझाव दिन्छिन् ।
गर्मीमा छालाको सुरक्षा गर्न यी टिप्स अपनाउन चिकित्सककाे सुझाव