- सफल र असफल मानिसको क्षमतामा खासै धेरै अन्तर पाइदैन अन्तर पाइन्छ त केवल आफ्नो क्षमतालाई पूरा प्रयोग गर्ने चाहानाको मात्रामा ।
- यदि तिमि पैसाको लागि मात्र काम गर्छौं भने तिमीले पैसा कमाउन सक्नेछौनौ तर यदि आफ्नो कामलाई प्रेमसाथ गर्छौं र आफ्ना ग्राहकलाई पहिलो प्राथमिकता राख्छौ भने तिमि सफल हुन सक्नेछौ ।
- यदि तिमि आफैले आफ्नो सपना बनाउन तिर लाग्दैनौ भने अरु कसैले आफ्नो सपना बनाउनको निम्ति तिमीलाई प्रयोग गर्नेछ ।
- जब कठिनाइहरु आउदछन, तब तिमीले लक्ष्यप्राप्तिको आफ्नो बाटोलाई केही बदल्न सक्दछौ तर लक्ष्य प्राप्त गर्ने आफ्नो विचारलाई नै बदल्ने होइन ।
- साथमा आउनु सुरुवात हो, साथमा रहिरहनु प्रगती हो, साथमा रहेर काम गर्नु सफलता हो ।
- त्यो व्यक्ति जसले जीवनमा केही गल्ति गरेन भने बुझ उसले जीवनमा केहि नयाँ प्राप्त गरें ।
- जब तिमि केही गर्न चाहन्छौं भने तिमीले अवश्य बाटो पाउनेछौ गर्न चाहन्नौ भने वस् बाहाना पाउनेछौ ।
- याद राख, सफलता भनेको यात्रा हो गन्तव्य होइन । आफ्नो क्षमतामा भरोसा राख, तिमीले राम्रो गर्न सक्नेछौ ।
- सफलता खुसीको कुंजी होइन बल्कि खुसी सफलताको कुंजी हो । यदि तिमीले जे गरिरहेका छौ त्यसैमा खुसी पाउन सक्छौ भने तिमीले सफलता हासिल गर्न सक्छौं ।
- सफलताका खासै कुनै गहिरो सुत्रहरु छैनन् । सफलता त वस्, तयारी, कडा मेहेनत र गल्तिहरुबाट सिकिने पाठहरूको समिश्रण हो ।
सफलता र प्रेरक भनाईहरु