बेलायत आज आम चुनाव हुँदैछ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ ।
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी कार्यकालका लागि हुने निर्वाचन प्रतिस्पर्धा नछाड्ने उद्घोष गर्नुभएको छ ।
बेलायतमा मतदानको मिति नजिकिँदै गर्दा चुनाव रोमाञ्चक बन्दै गएको छ । अहिले त्यहाँको राजनीति पनि हिन्दू मतदाता रिझाउनमा केन्द्रीत भएको छ ।