- युद्धमा जितेको भन्दा हारेको सिपाही बलियो हुन्छ किनकि सबैभन्दा बलियोको प्रहार उसले मात्र भोगेको हुन्छ जुन अवसर जित्नेले पाउँदैन ।
- कसैले तिमीलाई नराम्रो व्यवहार गर्यो भनेर दुःखी नबन किनकी सबैले आफ्नो औकात अनुसारको व्यावहार देखाउने हो । यहाँ जहिले पनि कागति निचोर्दा कागतिको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाको रस, जसको भित्र जे छ त्यहि बाहिर आउने हो ।
- जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस , यो नसोच्नुस कि मान्छेले के भन्लान किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।
- समस्या त कसलाई पो नहोला र तर प्रतिकुल परिस्थिति मा पनि मनस्थितलाई यथास्थितीमा राख्नन सिक्नु , त्यसपछि त बिचरा प्रतिकुल बाधा बनेर आएको समस्या ले पनि पाठ सिकाएर गईदिन्छ ।
- जीवनलाई भागेर होइन भोगेर जिउनुपर्दछ ।
- मानिस लाई प्रयोग र वस्तु लाई माया दिन होइन, वस्तु लाई प्रयोग र मानिस लाई माया दिन सिक्नुहोस ।
- हेर्न मात्र जान्नु पर्छ हजुर यहाँ त संघर्ष भित्र पनि हर्ष लुकेको छ ।
- स्वर्ण पदक विजेता ले पनि पदक ग्रहण गर्दा शिर झुकाउनै पर्छ, झुकावआवश्यक छ तर आफु नै भाचिने गरि झुक्नु पनि हुदैन ।
- आखिर मग–मग बसाउने परफीउ पनि त कोमल फुल लाई चुडेर–च्यापेर नै तयार गरिन्छ,अहिले समस्या भोग्दै हुनुहुन्छ भने मान्नुस कि भविष्यका लागि सुगन्ध तयार गर्दै हुनुहुन्छ