आफ्नो फोनको ब्याट्री लाइफको बारेमा चिन्तित हुनुहुन्छ ? त्यसोभए चार्ज गर्दा ८०–२० नियम पालना गर्नुहोस्

आजको समयमा अधिकांश मानिसहरु स्मार्टफोनमा अभ्यस्त रहेका छन्।अझ अहिले त स्मार्टफोनबाटै सबैजसो काम गर्नसकिने हुँदा मानिसहरु हरेक समय प्रयोग गरिरहेका हुन्छन् र लगभग सबै महत्त्वपूर्ण कामहरू फोन मार्फत गरिन्छ। यदि फोनले हाम्रो लागि यति धेरै काम गर्छ भने हामीले पनि यसको ख्याल पनि गर्नुपर्छ। यसमध्ये सबैभन्दा महत्वपूर्ण फोनको ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ।

यसका लागि, तपाईंले फोन चार्ज गर्दा ८०–२० नियम पालना गर्नुहोस् ।

८०–२० नियमले कसरी काम गर्छ ?

धेरैजसो मानिसहरूले फोनलाई चार्जमा राखेपछि बिर्सन्छन्, जुन तपाईको फोनको ब्याट्रीको लागि बिल्कुल राम्रो हुँदैन। फोन चार्ज गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ। फोनलाई शतप्रतिशत चार्ज गरेमा यसको ब्याट्री लाइफ राम्रो हुन्छ भन्ने मानिसहरूलाई लाग्छ तर त्यस्तो होइन।

विज्ञहरू विश्वास गर्छन् कि यदि तपाईंको फोन ८० प्रतिशतसम्म चार्ज रहन्छ भने यसले उत्तम ब्याट्री जीवन दिन्छ। उनीहरुका अनुसार मानिसहरूले कहिल्यै पनि आफ्नो फोन शतप्रतिशत चार्ज गर्नु हुँदैन। ८० देखि ९० प्रतिशत चार्ज भइसकेपछि यसलाई चार्जबाट हटाउनुपर्छ।

चार्ज गर्दा यी कुरामा ध्यान दिनुहोस्ः

जसरी फोन चार्ज गर्दा केही कुरामा ध्यान दिनुपर्छ, त्यसैगरी फोनको ब्याट्री कम हुँदा कहिले चार्ज गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सामान्यतया, मानिसहरूले आफ्नो फोनलाई पूर्णरूपमा चार्ज गर्नको लागि कुनै पनि समय फोन चार्जमा राख्छन्। तर यो गलत तरिका हो।

विज्ञहरूका अनुसार ब्याट्रीलाई कहिल्यै शुन्य प्रतिशतमा राख्नु हुँदैन । यदि तपाई फोनको ब्याट्री लाईफ राम्रो राख्न चाहनुहुन्छ भने ब्याट्रीलाई २० प्रतिशतभन्दा कम हुन नदिनुहोस्। ब्याट्री २० प्रतिशत पुगेपछि चार्जिङमा राखिहाल्नु होस्।

यदि तपाईंले यो नियम पालना गर्नुभयो भने, तपाईंको फोनको ब्याट्री जीवन उल्लेखनीय रूपमा बढ्नेछ। यति मात्र होइन, तपाईले आफ्नो पुरानो फोनको ब्याट्री पनि यो ८०–२० नियमबाट मर्मत गर्न सक्नुहुन्छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com