- युरो कप जितेको स्पेनिस राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । गएराति घर फर्किएको स्पेनिस टिमले घरेलु फुटबल समर्थकमाझ विजय उत्सव मनाएको छ ।
- नेपाली महिला भलिबल टोलीले माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ ।
- स्विट्जरल्यान्डका जेर्डन शाकिरीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । उनी पछिल्ला तीन विश्वकप र युरो कपमा गोल गर्ने एक मात्र खेलाडी हुन् ।
- दक्षिण एसियाली कराँते च्याम्पियनसिपको आठौँ संस्करणमा सहभागी हुन नेपाली कराँते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
खेलकुद समाचार