- प्रत्येक १ मिनट मा करिब १०० घण्टा बराबरका भिडियो हरु युट्युबमा अपलोड हुने गर्छन ।
- लिपस्टिक बनाउनको लागी माछाको कत्ला प्रयोग गरिन्छ ।
- मान्छे सुतेपछी निदाउँनको लागी लाग्ने औसत समय भनेको ७ मिनट हो ।
- डल्फिन निदाँउदा समेत आधा मष्तिस्क सन्चालन मै हुन्छ । यसकारण डल्फिन डुब्न बाट जोगिन्छ ।
- गाईले मिथेन ग्यास उत्पादन गर्ने गर्छ , जुन बायु प्रदुषणको एक मुख्य कारण हो ।
- बुध ग्रहमा हुने १ दिन बराबर पृथ्वीमा ५९ दिन हुन्छ ।
- शार्कको जीवनकालमा करिब ३०,००० दांत झरेर जान्छ ।
- संखे किरा जो लगातार ३ बर्ष सम्म निदाउन सक्छ ।
- स्याउ , आरु , बदाम , स्ट्रबेरी , चेरी , यि सबै फलफुलहरु गुलाब बर्ग मा पर्दछन ।
- छेपारोले एकैपटक मा आफ्नो दुई आँखले दुई फरक दिशा तर्फ हेर्न सक्छ ।
- अक्टोपसको ३ वटा मुटु, ९ वटा दिमाख र निलो रगत हुन्छ ।
- संसारको सबैभन्दा ठुलो रोजगार दाता अमेरिकाको रक्षा मन्त्रालय हो , जहाँ ३० लाख जना रोजगार छन् ।
- सलाई को आविस्कार हुनु भन्दा १० बर्ष अगाडिनै लाईटर को आविस्कार भैसकेको थियो ।
समारात्मक ज्ञानमञ्च