५ परिस्थितिमा बोल्नु भन्दा नबोल्नु उपयुक्त

विद्धानहरुले प्राय भन्ने गर्छन कि सोचेर र बुझेर मात्र बोल्नु पर्छ । कतिपय अवस्थामा बोल्नु भन्दा नबोल्नु नै उपयुक्त हुन्छ । त्यसैले निमन परिस्थितिहरुमा बोलनु भन्दा नबोल्नु उपयुक्त हुन्छ ।
१. धेरै इमोशनल हुँदाः खुसी होस् वा दुखी वा रीस जब तपाई धेरै इमोशनल हुनुहुन्छ भने बोल्नबाट बच्नु पर्छ। नत्र धेरै पटक गलत बोल्नु पुगिन्छ र परिस्थिति बिग्रिन सक्छ ।
२. नोक्सान हुने आशंकाः जहाँ नोक्सान हुने आशंका छ वा तपाईको शब्दले कसैको लागि हानिकारक छ वा चोट पुर्‍ याउन सक्छ । भने चुप लाग्नु नै बेस हुन्छ ।
३. जब पुरा जानकारी हुदैनः कुनै पनि विषयमा जब पूरा जानकारी हुँदैन तब शान्त रहनु नै उपयुक्त हुन्छ । नत्र भने लाजमर्दाे परिस्थिति पनि सृजना हुन सक्छ ।
४. जब कोही बोल्दैछः जब कुनै व्यक्ति तपाई सँग बोल्दैछ र आफ्नो समस्या वा दुखको बारेमा बताई रहेको छ भने बोल्नुको सट्टा ध्यान दिएर उसको कुरा सुन्नुहोस्।
५. माइन्डफुलनेसको टाइमः यसको अर्थ त्यस क्षणमा तपाई पूर्ण रुपामा उपस्थित हुनुहुन्छ त्यसैले चुप लाग्नु आवश्यक हुन्छ, जसबाट हरेक पक्षलाई अझ राम्रो सँग जान्न सकियोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com