घिउकुमारीमा
भिटामिन ए, भिटामिन बि(१, भिटामिन बि(२, भिटामिन बि(६, भिटामिन बि(१२, भिटामिन इ, फोलिक एसिड, तामा, फलाम, क्याल्सियम, जिंक, पोटासियम, क्रोमियम, म्याग्नेशियम ।
यी सबै भिटामिन र तत्व स्वास्थ्य र सुन्दरता बढाउन उपयोगी मानिन्छ । यसका लागी घिउ कुमारीलाई निम्न तरिकारले प्रयोग गर्नु पर्दछ ।
पेटका लागि घिउकुमारी पेटको स्वस्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा हुने उच्च मात्राको फाइबरले पाचन यन्त्र चुस्त बनाउँछ । यसको रस वा जुस बनाएर पिउँदा कब्जियतको उपचारमा उपयोगी हुन्छ ।
दाँत र गिजाका लागि घिउकुमारीमा प्राकृतिक जीवाणुरोधी गुण हुन्छ । जसले गिजा र दाँतलाई स्वस्थ्य तुल्याउँछ । यो विभिन्न भिटामिन र खनिजले भरिएको हुन्छ । जसले कोसिका विकासमा सहयोग गर्दछ । यसको सेवनले गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता स्वास्थ्य समस्या हुन दिदैँन ।
छालाको सौन्दर्य बढाउनका लागि घिउकुमारीमा जे जति तत्व पाइन्छन्, त्यसले छालालाई रसिलो राख्दछ । साथै यसमा हुने पोषक तत्वले नयाँ कोशिकाको उत्पादन गर्दछ । अनुहारमा घिउकुमारीको जुस लगाउँदा त्यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ ।
कपालका लागि घिउकुमारी राम्रो मोश्चराइजर हो । यसले कपाललाई बाक्लो र मुलायम बनाउन भूमिका खेल्छ । यसले कपालको पिएच सतर सन्तुलन गर्न सहयोग गर्दछ । यसमा हुने पोषण तत्वले कपाल बढ्न सहयोग गर्ने मात्र होइन र्झन पनि दिँदैन । यसका लागि घिउकुमारी जेलमा कागतीको रस मिसाएर कपालमा लगाउनु पर्दछ । त्यसको २० मिनेट पछि तातो तैलियाले कपाल बेरेर केहिबेर पछि मनतातो पानी र स्याम्पूले कपाल सफा गर्नु पदर्छ । यो प्रक्रिया हरेक दुई(दुई हप्तामा दोहो¥याउनु राम्रो हुन्छ ।