प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले जनाएको छ । हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए ।इरानको ‘इस्लामिक रिभोल्युशनरी गार्ड’ले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ । हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ ।