धेरै पहिले कुनै गाउँमा एउटा पीपलको रुख थियो । ऊ सेवालाई धर्म मान्थ्यो, रातदिन गाउँलेको सेवा गथ्र्यो । घाँस चाहिनेलाई घाँस, दाउरा चाहिनेलाई दाउरा, शीतल चाहनेलाई छायाँ, विश्राम चाहनेलाई विश्रामस्थल, खेल्न चाहनेलाई खेल्ने स्थान, अक्सीजन चाहिनेलाई अक्सिजन अर्थात् जसलाई जे चाहिन्थ्यो त्यही दिन्थ्यो । मिटिङ वा भेटघाट गर्ने स्थान चाहिए पनि उही अगाडि पथ्र्यो, बटुवालाई सुस्ताउने स्थान दिन पनि उही नै अघिसथ्र्यो । गाउँलेहरू पनि उसलाई खुबै माया गर्थे । कोही देवता मानेर पूजा गर्थे, कोही ढोग्थे, कोही सुमसुम्याउँथे ।
बिस्तारै पीपलको रुख बुढो हुँदै गयो । हाँगाबिँगा सुके, पातहरू झरे, शरीर चाउरियो । न घाँस दिन सक्थ्यो न दाउरा वा छहारी नै । त्यसपछि गाउँलेहरूको माया पनि कम हुँदै गयो । कतिले त बोझकै रूपमा लिन थाले । कोही गाउँको बीचमा सुकेको रुख सुहाएन भन्थे, कोही सुकेको रुख हेर्न हुन्न भन्थे, छिमल्नुपर्छ वा काट्नुपर्छ भन्ने पनि त्यति नै थिए । यस्तैमा एकदिन एउटाले मुखैफोरेर भन्यो–
होइन साथी हो १ सुकेको रुख हेरे कति दिन बस्ने ?’
‘हो, हो ।’ अर्कोले सही थाप्यो ।
धर्मशास्त्रमै सुकेको रुख हेरेर बस्न हुन्न भन्ने उल्लेख छ ।’ अर्को उपबुज्रुक निस्कियो ।’
हुन त हो तर गर्ने पो के ?’ अर्कोले जिज्ञासा राख्यो ।
काटेर फाल्ने नि ? के गर्ने ?’ अर्का महाशयले निस्कर्ष निकाले ।
अन्ततः सबै यसैमा सहमत भई खुर्पा, खुँडा, खुकुरी, बञ्चरो लिएर काट्न तत्पर भए । एउटा सानो रुख नजिकै बसेर हेरिरहेको थियो । उसलाई त्यस्तो व्यवहार मन परेन र खिन्न हुँदै भन्यो–
‘हेर्नुस् त पीपल दाजु । यी गाउँले कति स्वार्थी ? रस छउन्जेल चुसे । जब लिने चीज भएन काट्न तत्पर भए ।’
उसको कुरा सुनेर पीपलले सम्झाउँदै भन्यो–
‘केही छैन भाइ । छाडिदेऊ । जे गर्छन् गरुन् । जीवनको के भर छ र, आखिर एक दिन ढल्नै पर्छ । जब ढल्नैपर्छ भने के फरक पर्छ र । भोलि वा पर्सि ढल्नुपथ्र्यो आजै ढलियो यत्ति न हो । मलाई त खुसी नै लागि रहेको छ ।’
‘खुसी हुनुहुन्छ रे ?’
अनि के त ?’
कसरी ?’
‘प्रष्टै छ नि ? बाँचुञ्जेल पनि यिनै गाउँलेको सेवा गरेँ । मरेपछि पनि उनीहरूकै सेवा गर्ने अवसर पाएँ । घाँस दिन नसके पनि दाउरा त बाल्न पाउनेछन् ।’
‘खोइ दाजु त्यो त के हो, मलाई भने राम्रो लागिरहेको छैन ।’
किन र ?’
किन भन्ने ? उपकारको ठेक्का तपाईँले मात्र लिनुभएको छ र ?’
‘त्यसो होइन भाइ । जीवनको उद्देश्य भनेकै परोपकार हो ।’ पीपलले थप सम्झाउने प्रयास गर्दै भन्यो–
‘हामीलाई प्रकृतिले दिएको सन्देश भनेकै यही हो । हावा चलेको छ अर्काकै लागि, पानी बगेको छ अर्काकै लागि । सूर्य चम्केका छन् अर्काकै लागि, ग्रह नक्षत्र घुमेका छन् अर्काकै लागि । फलफूल फलेका र फूलेका छन् अरुकै लागि । हावा, पानी, माटो, रुख, बिरुवा, वनस्पति, पशुपक्षी, कीटपतङ यावत पक्ष अर्काकै लागि रहेका छन्, भएका छन् ।’
‘जति दिन्छन् त्यति नै लिन्छन् पनि होइन र ?’
‘हो ।’
‘अनि सबै अरूकै लागि कसरी भए त ?’
‘किन भएन ? पीपलले रहश्य बुझाउने प्रयास गर्दै भन्यो–
‘हो, लिएका छन्, लिनु पनि पर्छ, नलिई व्यवहारै चल्दैन तर जति लिएका छन् त्यो भन्दा बढी दिएका पनि छन् । लिएकै पनि आवश्यक पर्ने जति मात्र लिएका छन् । बाँकी जस्ताकोतस्तै अरूका निम्ति छाडिदिएका छन् । नचाहिने चीज लिएर दुरुपयोग गरेका छैनन् ।’
मानव जीवन पनि दिन त प्रकृतिले अरूकै लागि दिएको हो । शरीर दिने अरु नै हुन्, धनसम्पत्ति दिने अरू नै हुन् । जीवन दिने अरू, प्राण दिने अरू, खान दिने अरू, लगाउन दिने अरू, बस्ने स्थान दिने अरू, सुत्ने स्थान दिने अरू, लोग्ने दिने अरू, स्वास्नी दिने अरू, सन्तान दिने अरू, बाबुआमा दिने अरू, नाम दिने अरू, प्रयोग गर्ने अरू, पहिलो काख दिने अरू, अन्तिम काख दिने अरू, पहिले न्वाइदिने अरू, अन्तिम न्वाइदिने अरू, पहिलो काँध दिने अरू, अन्तिम काँध दिने अरू केको हो केके । यही त अरुका लागि दिएको हो भन्ने प्रमाण हो ।’
आफैँ प्रकृतिको दण्ड भोग्न वाध्य भइरहेका छन् । हाल मानव समाजमा रोग र भोक जन्य जति समस्या छन् सबै यसैका परिणाम हुन् ।’
सायद पीपलको कुराले सानो रुखलाई राम्रै प्रभाव पारेछ क्यारे त्यस दिनदेखि उसले पनि उपकारी भावना लियो र नयाँ पुस्तालाई पनि त्यस्तै गर्न सिकायो ।