प्रेरक भनाई

  • खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।
  • भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।
  • पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।
  • त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।
  • संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।
  • पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।
  • अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
  • ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।
  • खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।
  • कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।
  • केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।
  • जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।
  • तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।
  • सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।
  • क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।
  • जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।
  • जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।

Share This:

विश्व समाचार

  • भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ। भारतीय चुनाव आयोगका अनुसार गत ७ मे मा १२ राज्यको ९४ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो।
  • युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले जनाएको छ ।
  • सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजाबीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो । सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनारनजिक रहेको छ ।
  • अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता विश्वको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सम्बन्धलाई हल्लाए ।

Share This:

खेलकुद समाचार

  • सोमबार एपिएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो।
  • नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकका लागि छनौट भएका छन् ।
  • तेस्रो संस्करणको ‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि नर्वेका एन्डर्स लङसेटले जित्नुभएको छ ।
  • इन्डियन प्रिमियर लिग ९आइपिएल०को साबिक विजेता चेन्नई सुपर किंग्स तेस्रो स्थानमा उक्लेको छ ।
  • आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेदरल्यान्ड्सले राष्ट्रिय टोली घोषणा गरेको छ।
  • आइतबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा मोक्षदा स्कुललाई १० विकेटले पराजित गर्दै सैनिकले उपाधि जितेको हो ।

Share This:

विक्रि कार्यलाई वृद्धि गर्ने केही सु्झवहरु

  • प्रत्येक ग्राहकलाई उत्साहपूर्वक सामना गर्दै, तपाईले बेच्दा हरेक पटक, आफैलाई भन्नुहोस् यो सबैभन्दा राम्रो हो ।
  • एक खुसी ग्राहकलाई पठाउनुहोस्, उसले यसलाई तपाईंको लागि जताततै प्रचार गर्नेछ र तपाईंलाई थप ग्राहकहरू आकर्षित गर्न मद्दत गर्नेछ।
  • ग्राहकहरूका लागि, राम्रोसँग सुन्ने बिक्रेता बोल्न सक्ने बिक्रेता भन्दा धेरै लोकप्रिय छ।
  • जब ग्राहक कुरा गरिरहेको छ, उसलाई अवरोध नगर्नुहोस्, र जब तपाइँ कुरा गर्दै हुनुहुन्छ, ग्राहकलाई तपाइँलाई अवरोध गर्न अनुमति दिनुहोस् ।
  • जुनसुकै समय वा परिस्थिति जेसुकै भए पनि, ग्राहकहरूले तपाईंलाई भेट्टाउन इच्छुक हुनुको कारण धेरै सरल छ तपाईंको इमानदारी।
  • ग्राहकले तपाईंलाई अस्वीकार गरे पनि, आफ्नो धैर्य र उत्साह राख्नुहोस्।तपाईंको धैर्यता र उत्साहले ग्राहकहरूलाई प्रभावित गर्नेछ।
  • ग्राहकले अस्वीकार गरेको अवस्थामा, निराश नहुनुहोस्, ग्राहकको अस्वीकारको कारण पत्ता लगाउन प्रयास गर्नुहोस्, र त्यसपछि सही निर्णय अपनाउनुहोस्
  • कार्यसम्पादन बढाउनका लागि आफ्नो महत्त्वपूर्ण ग्राहकहरूमा ध्यान केन्द्रित गर्नुहोस्, दोस्रो, बढी केन्द्रित हुनुहोस्, र तेस्रो, बढी केन्द्रित हुनुहोस्।
  • प्रत्येक बिक्रेताले धेरै ग्राहकहरूको ध्यान आकर्षित गरेर मात्र सफलतापूर्वक बिक्री गर्न सजिलो हुन्छ भन्ने कुरा बुझ्नुपर्छ।
  • ग्राहकहरू चयन गर्नुहोस्।ग्राहकहरु किन्न को लागी इच्छुकता र क्षमता मापन गर्नुहोस्, अनिर्णयकारी व्यक्तिहरु मा समय बर्बाद नगर्नुहोस्।

Share This:

सम्बन्ध विच्छेदका हुनबाट रोक्ने निरोधात्मक उपायहरू

  • सम्बन्ध विच्छेदको सोच नराख्ने
  • एक अर्कोलाई सम्मान गर्ने
  • सम्पर्क स्थापित गर्न खोज्ने
  • घरखर्च मिलेर गर्ने
  • परिवारको लागि समय दिने
  • तुरुन्त माफ गर्ने
  • एक आपसमा नियन्त्रण गर्ने प्रयास नगर्ने
  • समयमै परामर्श लिने
  • सम्बन्ध विच्छेद रोक्न शारिरिक तथा मानसिक रुपमा नै तयार हुने

Share This:

विद्यार्थीहरूले पढाइ कसरी सुधार्ने ?

  • लक्ष्य निर्धारण गर्ने
  • पढाइप्रति तीव्र इच्छा जगाउने
  • पढाइको प्रभावकारी तरिका छान्ने
  • समय बर्बाद पार्ने क्रियाकलाप त्याग्ने
  • असल बानीको बिकास गर्ने
  • प्रेरक बाटो हिँड्ने
  • नियमित अभ्यास गर्ने
  • पढ्नुअगाडि शारीरिक अभ्यास गर्ने

Share This:

प्रेरक कथा (जीवनको मूल्य)

एक व्यक्तिले भगवान बुद्धसँग सोधे, ‘जीवनको मूल्य के हो ?’

बुद्धले तत्काल जवाफ दिएनन् । बरु एउटा काम लगाए । उनले ति व्यक्तिको हातमा एउटा ढुंगा थमाइदिए र भने, ‘जाउँ, यस ढुंगाको मूल्य पत्ता लगाएर आउँ । तर, ध्यान राख यसलाई बेच्न पाउने छैनौं ।’

ति व्यक्ति ढुंगा बोकेर हिँड्यो । उनी सुन्तला वेचिरहेका पसलेकहाँ पुगेर सोधे, ‘यसको मूल्य कति होला ?’

सुन्तला बेचिरहेका व्यक्तिले त्यो चम्किलो ढुंगा हेरे । अनि जवाफ फर्काए, ‘१२ वटा सुन्तला दिन्छु, यो ढुंगा मलाई दिनुहोस् ।’

त्यहाँ भन्दा अगाडि एक पसले आलु बेचिरहेका थिए । ति व्यक्ति आलु व्यापारीकहाँ पुगे । चम्किलो ढुंगा हेर्दै आलु व्यापारीले भने, ‘एक बोरा आलु लानुहोस्, यो ढुंगा म राख्छु ।’

उनले ढुंगाको वास्तविक मूल्य कति हो भनेर भेउ पाएनन् । उनी अगाडि बढे । त्यहाँ सुन बेच्ने पसल थियो । सुन व्यापारीसँग पनि उनले ढुंगा देखाउँदै त्यसको मूल्य बुझ्न चाहे । सुन व्यापारीले भने, ‘म सुन दिन्छु, तपाईंले मलाई यो ढुंगा दिनुहोस् ।’

उनी अर्को पसलमा पुगें, त्यो पनि ज्वेलरी पसल थियो । ज्वेलरी पसलेले ढुंगालाई निकैबेर ठिम्याए । सुमसुम्याए । र, ढुंगाका लागि जतिपनि मूल्य चुकाउन तयार भएको वताए । ‘यति अनमोल चिज कहाँ फेला पार्नुभयो, मलाई दिनुहोस्’ उनले जिद्दी गरे ।

ति व्यक्ति रनभुल्लमा परे । उनले ढुंगाको वास्तविक मोल कति हो भनेर थाहा पाउनै सकेनन् । उनी आजित भएर बुद्धकहाँ फर्किए । तब बुद्धले भने, ‘तिमीले मलाई जुन प्रश्न सोधेका थियौं, त्यसको जवाफ पाइसक्यौं । जीवनको मूल्य त्यही कुराले निर्धारण गर्छ कि, त्यो कसको हातमा छ ?’

बुद्धले अरु प्रष्ट पार्दै भने, ‘यो चम्किलो ढुंगाको मूल्य एक सुन्तला पसलेका लागि १२ वटा सुन्तला बराबर भयो । सब्जी पसलेका लागि एक बोरा आलु बराबर भयो । सुनारका लागि एक तोला सुन बराबर भयो । र, हीरा व्यापारीका लागि यो अनमोल भयो ।’

Share This:

मनोरञ्जन समाचार

  • वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड चार दिनदेखि प्रहरीको नियन्त्रणमा छन्।
  • दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ ।
  • आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत चलचित्र ’पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

Share This:

सकारात्कम ज्ञानमञ्च

  • एना हमिङ बर्ड नामक एक चराले हरेक सेकेण्ड आफ्नो रङ्ग परिवर्तन गर्दछ
  • पेन्गुइनको पनि मानिसजस्तै घुँडा हुन्छ
  • बिरालोले गुलियो स्वाद थाहा पाउँदैन किनकी उसको जिब्रोमा गुलियो स्वाद चाख्ने कोशिका नै हुँदैन
  • गाईले टोक्न सक्दैन किनभने उसका माथिका दाँत नै हुँदैनन्
  • एक प्रकारका गिद्धले जानीजानी रातो माटोमा टाउको दलेर आफ्नो कपाल रङ्ग्याउँछन्
  • मान्छेको बच्चाले औंला चुसेजस्तै हात्तीका बच्चाले आफ्नो सुँड चुस्छन्
  • हात्ती र मान्छेको खुट्टा एउटै हुन्छ
  • ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
  • अजिङ्गरको मुटु खाना खादाँ फैलिन्छ ।
  • संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई हो ।
  • संसारका ५ करोड मानिस जतिखेर पनि नशामा झुम भएका हुन्छन् ।

Share This:

आार्थिक समाचार

  • चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् ।
  • जेठको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।
  • व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१४ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०६ प्रतिशत दिने भएका हुन्।
  • आफ्नै कीर्तिमानी तोड्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्वकीर्तिमानी बनाएका आरोही कामीरिता शेर्पाले पुनः २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।
  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा प्रारम्भिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।
  • चालू आर्थिक वर्षको ९ महिना अवधीमा रेमिट्यान्स ९विप्रेषण० आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ। ९ महिना अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको हो।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com