एउटा डाक्टर बन्न महँगा निजी विद्यालयमा अध्ययन गर्नुपर्ने धेरैको सोचाइ पाइन्छ । तर सरकारी विद्यालयमा अध्ययन गरेर पनि अव्वल डाक्टरको ओहदामा पुग्ने व्यक्ति पनि हाम्रो समाजमा छन् ।
यसैमध्येका एक हुनुहुन्छ—प्रा.डा. रत्नमणि गजुरेल । जो सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर चिकित्सा क्षेत्रमा अव्वल दर्जाको पहिचान कायम गर्न सफल हुनुभयो