एडवर्ड जेनर एक प्रसिद्ध चिकित्सक थिए । विश्वमा उनी बिफरको खोपको आविष्कार गरी प्रसिद्ध भएका थिए । एडवर्ड जेनरको उक्त आविष्कारले गर्दा आज करोडौँ मानिसहरू बिफर जस्तो घातक रोगबाट निको भई जीवनको आनन्द लिई रहेका छन् । यदि एडवर्ड जेनरले बिफरको खोप आविष्कार नगरेको हुन्थ्यो भने संसारमा हरेक वर्ष १.५ करोड मानिसहरू बिफरका कारण मर्थे । अठारौँ शताब्दीमा संसारभर बिफरको महामारी फैलिएको थियो । त्यस बेला ब्रिटिस चिकित्सक जेनरले यस रोगको उपचारका बारेमा सोचे । उनले विचार गरे कि ती दूधवाला जसको गाई बिफरबाट प्रभावित थिए, उनीहरू त्यसबाट कम प्रभावित थिए । त्यसैले उनले गाइमा पाइने बिफरको अध्ययन गरे ।
जेनरले बिफरबाट पीडित गाइको थुनबाट एक प्रकारको तरल पदार्थ निकाले र एउटा बिफरबाट पीडित
बच्चालाई खोप लगाई दिए । उक्त केटा केही समयसम्म ज्वरोले पीडित भयो, तर उ चाँडै नै निको भयो । त्यसपछि
जेनरले अर्को एउटा साहसिक प्रयोग गर्ने निर्णय गरे । अब उनले
बिफरबाट पीडित व्यक्तिको शरीरको छालाबाट केही तरल पदार्थ निकाली त्यस केटाको शरीरमा इन्जेक्सन लगाई दिए। अब उक्त केटा बिफरबाट पीडित भएन । त्यसपछि जेनरले उक्त प्रयोग आफ्ना रोगीहरुलाई बिफरबाट बचाउनका लागि गरे । उनको त्यसै प्रयोगबाट बिफरको खोपको आविष्कार भयो र मानव जातिले ज्यानमारा महामारीबाट मुक्ति पाए । आज बिफर संसारभरबाट समाप्त भई सकेको छ र यसको श्रेय जेनरलाई नै जान्छ ।
एडवर्ड जेनरको जन्म सन् १७४९ मे १७ मा बर्कले, इंग्ल्याण्डमा भएको थियो । उनका बुबा बर्कलेका पादरी
थिए । जेनरले आफ्नो प्रारम्भिक शिक्षा १३ वर्षको उमेरमा गरेका थिए । पछि उनले लन्डनका सर्जन जोन हंटरको रेखदेखमा २१ वर्ष सम्म अध्ययन गरे । सेन्ट जर्ज हस्पिटल लन्डनमा आफ्नो परीक्षण पुरा गरे पछि उनी गाउँ फर्के र प्राक्टीस सुरु गर्न थाले । यसै क्रममा उनले बिफरको खोपको आविष्कार गरे, सन् १८०३ मा बिफरको खोपको प्रसारका लागि रोयल जेनेरियन संस्था स्थापित
भयो । बिस्तारै उनको खोप संसारभर फैलियो र उनी प्रसिद्ध भए । यसका लागि उनलाई थुप्रै देशहरूले सम्मानित गरे । उनको त्यस कार्यका लागि अक्सफोर्ड विश्वविद्यालयले उनलाई ‘एम. डी.’ को सम्मानित उपाधिले विभूषित ग¥यो । यसरी मानव जातिलाई बिफर जस्तो खतरनाक रोगबाट बचाउने जेनरले सन् १८२३ जनवरी २६ मा यस संसारबाट बिदा लिए । ।।।
जीवनी (बिफरको खोपका आविष्कारक) ‘एडवर्ड जेनर’