प्रेरक कथा (राजा भए भिकारी)

एक पटक एउटा माग्ने घरबाट माग्नका लागि भनेर हिड्यो । उ माग्दै राजदरबारको बाटो भएर हिड्दै थियो । केहि समय पछि उसले देख्यो कि त्यस राज्यका राजा रथमा बसेर उ भए तिर नै आउँदै थिए । माग्नेको छेउमा आएर राजाको रथ रोकियो र राजा रथबाट ओर्लेर माग्नेको छेउमा आएर हात पसारेर भन्न थाले, ‘मलाई केहि भिक्षा देऊ’ पंडितहरुका अनुसार राज्यमा संकट पर्न आँटेको छ । उनीहरुका अनुसार जो पहिलो माग्ने भेटिन्छ, उ सँग मैले भिक्षा माग्दा त्यो संकट टर्नेछ । त्यसैले भिक्षा दिन नाई नभन’, त्यो सुनेर माग्ने छक्क पर्‍यो । उसले सोच्यो राजा देशमा पर्न आँटेको संकट टार्नका लागि भिक्षा माग्दैछन् । उ अन्यौलमा पर्‍यो ।उसले आफ्नो झोलामा हात हाल्यो र एक मूठि चामल लियो फेरि सोच्यो, ‘यति त धेरै हुन्छ’ । उसले अलिकति चामल छोड्यो र राजालाई अलिकति चामल दिएर हिड््यो । घर पूगेर माग्नेले आफ्नी पत्नी सँग भन्यो । ‘आज त अनर्थ भयो मैले राजालाई भिक्षा दिनु पर्‍यो । त्यो सुनेर उसकी पत्नीले झोला हेरि त्यहाँ केहि चामल र एउटा सुनको सिक्का थियो । त्यो देखेर माग्ने पछुतोमा पर्‍यो । शायद उसले सबै चामल राजालार्ई दिएको भए उसको झोला सुनको सिक्काले भरिने थियो होला र उसको गरिबी पनि समाप्त हुने थियो होला । यस कथाको अर्थ यो हो को दान दिदा सम्पन्नता हजार गुणा बढ्छ । यदि हृदय देखि नै दान गर्छौ भने त्यसले हामीलाई पनि फाइदा नै पूर्‍याउँछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com