खेलकुद समाचार

  • यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
  • नेपाल भलिबल संघको आयोजनामा आठौँ प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला भलिबल लिग १९ जेठमा हुने भएको छ ।
  • रोबर्ट लेवान्दोस्कीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराएको छ । नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे ।
  • नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन् ।
  • नेपाली राष्ट्रिय थ्री एक्स थ्री बास्केटबल टोलीले चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com