चाउरी हटाउन – एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउनाले चाउरीको समस्या देखिँदैंन ।
अनुहार चम्किलो राख्न – एक चम्चा गुलाबजल र एक चम्चा दूधको मिश्रणमा दुई या तीन थोपा कागतीको रस मिसाएर अनुहारमा लगाउनाले छाला कोमल हुन्छ र चम्किलो पनि देखिन्छ ।
मृत छाला हटाउँछ – गोलभेडाको टुक्रालाई अनुहारमा लगाएर हल्का रुपमा मसाज गर्नाले अनुहारको फोहोर सफा हुन्छ । यसबाट छालाको मृत कोषिका र धूलोमैलो हटाएर बन्द भएका रोमछिद्र खुलाउँछ ।
तैलीय छालाबाट छुट्कारा – एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल र पिँधेको पुदिना मिसाएर एक घण्टा राख्नुहोस् । त्यसपछि अनुहारमा लगाएर २० मिनेटपछि धुनुहोस् । यसबाट अनुहारको चिपचिप पनि हट्छ ।
निखारता ल्याउन – छालामा निखारता ल्याउँनाले थोरै चोकरमा एक चम्चा सुन्तलाको रस, एक चम्चा मह वा गुलाबजल मिसाएर पेष्ट बनाउनुहोस् । यो पेष्टमा अनुहार र गर्धनमा लगाउँनुहोस् । सुकेपछि धुनुहोस् ।