एउटा वृद्ध व्यक्ति शहरमा आफ्नो छोरा बुहारीसँग बस्न गए ।
उमेरको यस चरणमा, ऊनी निकै कमजोर भई सकेका थिए, उनका हात काम्ने गर्थे र राम्रो सँग देख्न पनि कम भई सकेको थियो ।
शहरमा घर सानो थियो, जसमा ऊनि, उनको छोरा बुहारी र चार वर्षे नाति बस्ने गर्थे र सम्पूर्ण परिवार डाइनिंग टेबलमा सँगै खाने गर्थे । तर बुढ्यौलीको कारण, ऊनि वृद्ध व्यक्तिलाई खानामा कठिनाई हुने गर्थ्यो । कहिलेकाहीं मटरका दानाहरू चम्चाबाट झर्ने गर्थे त कहिले काम्ने हातले गर्दा दूध पोखिएर टेबुलको कपड़ा खराब हुने गर्थ्यो ।
छोरा(बुहारीले एक दुई दिनसम्म यी सबै सहने काम गरे, तर अब तिनीहरू आफ्ना बाबुको यस कामबाट रिसाउन थाले । “हामीले अब यहाँको लागी केहि गर्नु पर्छ”, छोराले भन्यो। बुहारीले पनि होकार्दै भनी, “हामीले आखिर कहिले सम्म यहाँको कारणले गर्दा आफ्नो खाने बर्वाद पार्ने हो ? र हामी यसरी चीजहरूको नोक्सान भई रहेको देख्न सक्दैनौं।”
भोलिपल्ट जब खाना खाने समय भयो, छोराले कोठाको कुनामा एउटा पुरानो टेबल राख्यो, अब वृद्ध बुबालाई त्यहाँ एक्लै बसेर खाना खानु पर्ने थियो । उहाँको खाना खाने भाँडाकुँडाहरूको ठाऊँमा एउटा काठको कचौरा दिइयो, ताकि कुनै भाँडा झरेर नफुटोस् ।
बाँकीहरू पहिले जस्तो मज़ासँग बसेर डाइनिंग टेबलमा खाना खान्थे, र कहिलेकाँही उनी वृद्ध तिर हेर्दा उनको आँखामा आँसु हुन्थे । यो देखेर पनि, छोरा(बुहारीको मन पग्लँदैन थियो, उल्टो ती वृद्धको सानो गल्तीमा पनि उनलाई धेरै कुराहरु सुनाउने गर्दथे । सानो नातिले यो सब ध्यानपूर्वक हेरिरहेको हुन्थ्यो तर बाल्यकालको अवस्थानुसार आफैमा रमाई रहन्थ्यो ।
एक रात, खाना खानु अघि वृद्धका छोराबुहारीले आफ्नो सानो छोरालाई भुइँमा बसेर केही गरी रहेको देखे, “तिमी के बनाउँदैछौ, छोरा ?” बाबुले सोध्यो !
बच्चाले निर्दोष संग जवाफ दियो – “बुवा, म तपाईका लागि काठको कचौरा बनाउँदैछु । मैले थाहा पाई सकें कि ठुलो भएपछि आफ्नो बुवालाई काठको कचौरामा खाना दिनु पर्दो रहेछ ।”
यति भन्दै ऊ फेरि आफ्नो काममा व्यस्त भई हाल्यो ।
तर यस कुराले त्यसका आमाबुबालाई गहिरो प्रभाव पार्यो, उनिहरुको मुखबाट एक शब्द पनि निस्किएन तर आँखाबाट आँसु झर्न थाले । उनी दुईटैले बुझिसकेका थिए अब के गर्ने भनेर । त्यो राति उनीहरूले आफ्नो वृद्ध बुबालाई खाना खाने टेबलमा फिर्ता ल्याए, र फेरि कहिल्यै नराम्रो व्यवहार उहाँसँग गरेनन् ।