- सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
- वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
- जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।
- जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो