कबड्डीमा नेपालको लगातार तेस्रो जित

  • बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
  • समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो ।
  • उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए ।
  • नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो ।
  • नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको अन्तिम खेल शुक्रबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com