- असार ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा पूजा शर्मा स्टारर फिल्मको एक्सनप्रधान ट्रेलर लन्च गरियो ।
- डेब्यु एक्टर कुन्साङ बोमजोमलाई पनि यसमा देख्न सकिन्छ । कुन्साङले निर्वाह गरेको पात्रको हत्यापछि यसको बदला लिन पूजाको चरित्र प्रतिशोधमा उत्रन्छ ।
- ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।
- ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।
‘दान्भी’को ट्रेलर सार्वजनिक