- कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ ।
- शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५-७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो ।
- उपाधिसहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
- प्रतियोगितामा सात प्रदेशसहित विभागबाट आर्मी र एपीएफ गरी १० टिम सहभागी थिए ।
- प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको पोखरा महानगरका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले जानकारी दिए ।
“कर्णाली प्रदेश” पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिता जित्न सफल