दक्षिण कोरियाको राजधानी सोलमा अधिकारीहरूले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्किन सल्लाह दिएका छन् । साथै जनतालाई कुनै पनि अज्ञात वस्तु नछुन पनि आह्वान गरिएको छ ।
उत्तर कोरियाले फोहोरले भरिएका सयौं बेलुनहरू दक्षिण कोरियामा खसालेको छ ।
यो घटना पश्चात् दुई कोरियाबीच ६० वर्षभन्दा पनि अगाडिदेखि चलिरहेको प्रोपोगान्डा युद्धका सम्झनाहरू ताजा भएका छन् ।
मंगलबार रातिमात्रै दक्षिण कोरियामा फोहोर भरिएका कम्तिमा २६० वटा प्लास्टिकका थैलीहरू फेला परेका थिए, जो बेलुनहरुमा बाँधेर खसालिएका थिए ।
त्यसपछि दक्षिण कोरियाली अधिकारीहरूले आफ्ना नागरिकलाई घरभित्रै बस्ने सल्लाह दिए ।