- चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । आगो निभाउने क्रममा उनको परिवारका अन्य ४ जना पनि घाइते भएका छन् ।
- जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार राति काठमाडौं महानगरपालिका-७ चाबहिलका ५५ वर्षका चञ्चलबहादुर सिंहले घरायसी विवादमा आफ्नो जिउमा आगो लगाएका हुन् ।
- मंगलबार राति पौने ९ बजे मदिरा खाएर घर आएका चञ्चलबहादुर र उनकी पत्नी विन्दुबीच झगडा भएको थियो । पत्नीसँग झगडा भएपछि उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाए