भारतले टी–२० विश्वकप २०२४ मा अमेरिकालाई हराउँदै

  • भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई ७ विकेटले हराउँदै सुपर-८ मा स्थान बनाएको छ । लगातार तेस्रो जितले भारत समूह ए बाट एक खेल अगावै सुपर ८ मा पुगेको हो ।
  • १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
  • समूह ए मा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । अमेरिकाले १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । उक्त खेलमा अमेरिका विजयी भएमा वा वर्षाको कारण रद्द भएमा पनि सुपर-८ मा पुग्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com