- आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ ।
- ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।
- १५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो ।
- यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको भने यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो ।
- वेष्टइन्डिज ६ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुग्दा अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।
- समूह सीबाट सुपर-८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ ।
- यो समूहमा दुई खेलबाट ४ अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट २ अंक जोडेको युगान्डा तेस्रो स्थानमा र दुई/दुई खेल खेलर अंक जोड्न नसकेका पपुवा न्यूगिनी र न्यूजिल्याण्ड क्रमश: चौथो र पाँचौ स्थानमा रहेका छन् ।
ष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश